प्रधानमन्त्रीद्वारा राणाको निधनप्रति दुःख व्यक्त

लोकपथ
13
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्रीले शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका हुन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा दुखद् निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

सम्पूर्ण शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्दै राष्ट्रका निम्ति उहाँले पु¥याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर एवम् पूर्व अर्थसचिव राणाको उपचारको क्रममा आज बिहान निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?