रास्वपाको बैठक बस्दै, सभापति लामिछाने पुगे पार्टी कार्यालय

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । बैठकका लागि सभापति रवि लामिछाने पार्टी कार्यालय पुगेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकपछि सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दैछन् । सरकारमा जाने विषयमा आज बस्ने केन्द्रीय समिति बैठकले ठोस निर्णय लिने बताउँदै पत्रकार सम्मेलन गर्दै पछिल्ला घटनाक्रमका बारेमा जानकारी दिने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै निवर्तमान उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले आफूले सिधा कुरा नगरेको धेरै भएको टिप्पणी गर्दै सो कुरा जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

नागरिकता विवादमा सर्वोच्चको फैसलापछि उपप्रधानसहित गृहमन्त्री र अन्य पदबाट समेत हटेका लामिछाने नागरिकता पुनः प्राप्तीपछि सरकारमा जाने जोडबल गरिरहेका छन् ।

प्रधानमन्त्री र सत्ता साझेदारका प्रमुख नेताहरुसँग छलफल गरिरहेका छन् । यसअघि नै गृहमन्त्री नपाए सरकारमा नजाने बताइसकेको रास्वपालाई प्रधानमन्त्रीले गृहमन्त्री नदिने संकेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?