पुरानो बानेश्वरमा बुबा छोरी मृत फेला : घटनास्थलमा भेटियो सुसाइड नोट

लोकपथ
897
Shares

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी रहेका छन् ।

शनिबार साँझ ६ बजे उनीहरको शव फेला परेको प्रहरी वृत्त बानेश्वरका डीएसपी निशान श्रीवास्तवले जानकारी दिए ।

‘छोरीलाई छुरा प्रहार गरिएको छ भने बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका छन् । हामी अनुसन्धान गर्दै छौँ ।’ डीएसपी श्रीवास्तवले भने ।

घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । सुसाइड नोटमा आर्थिक समस्याको विषय उल्लेख गरिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?