नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिन्छ : मन्त्री खनाल

लोकपथ
13
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् । आइतबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभइ विदेशबाट विद्यार्थीहरु नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने बताए । उनले प्राथमिक र आधारभूत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने भयो । उनले नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोही अनुरुप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले भने, ‘हामी नेपाललाई नै यस्तो देश बनाऔँ, जहाँ विदेशमा जुन संख्यामा नेपाली विद्यार्थीहरु पठाउँछौँ, विदेशबाट पनि त्यही संख्यामा विद्यार्थीहरु नेपाल भित्र्याउने वातावरण बनाऔँ । हाम्रो विद्यालय शिक्षा कसरी सुधार गर्ने ? प्रारम्भिक विद्यालयहरुदेखि नै आधारभुत विद्यालय तहदेखि नै गुणस्तरमा निकै ठूलो समस्या छ, तर नेपालको भौगोलिक बनावटको फाइदा लिँदै इन्टरनेशनल एजुकेशन हब बन्न सक्छ ।

त्यो हब निर्माण गर्ने भिजनसहित विदेशमा विद्यार्थी एक्सपोर्ट गर्ने नभइ विदेशी विद्यार्थी भित्र्याउनसक्ने वातावरण निर्माण गर्न आवश्यक छ ।’ मन्त्री खनालले आगामी दिनमा निजी शिक्षालाई प्रवर्द्धन गर्न आवश्यक नीति नियम स्पष्ट हुन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?