अमेरिकी सेनाले खसाल्यो चिनियाँ जासुसी बेलुन, राष्ट्रपति बाइडेनले दिए बधाई

लोकपथ
182
Shares

काठमाडौं । अमेरिकाले एट्लान्टिक सागरको आफ्नो समुन्द्री क्षेत्रमा घुमिरहेको चिनियाँ जासुसी बेलुनलाई खसालिदिएको छ ।

यसै साताको शुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको जासूसी बेलुन शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा पुगेको थियो ।

शनिबार क्यारोलिना तटमा उत्तरी अमेरिकाको संवेदनशील सैन्य क्षेत्रहरु नाघेपछि बेलून खसालिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति जो बाइडेनको निर्देशनपछि लडाकु विमानहरूले दक्षिण क्यारोलिनाको तटको एट्लान्टिक सागरमा उक्त बेलुन खसालेको अमेरिकी रक्षामन्त्री एन्टोनी ब्लिन्केनले जनाएका छन् ।

बेलुन खसाल्ने लडाकू विमान चालकलाई राष्ट्रपति जो बाइडेनले बधाई दिँदै प्रशंसासमेत गरेका छन् । अमेरिकी सुरक्षा एजेन्सीहरूले बेलुनको भग्नावशेष सङ्कलन गरिरहेका छन् ।

अमेरिकी आकाशमा छाडिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले भने मौसम अनुसन्धानका लागि प्रयोग गरिएको दावी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले बेलुन मौसम अनुसन्धानको लागि प्रयोग गरिएको तर हावाको कारणले योजनाबद्ध मार्गबाट टाढा गएको जनाएको थियो ।

अमेरिकाले बेलुन खसालेकामा भने चीनले ‘अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लंघन’ भएको टिप्पणी गरेको छ । बेलुन प्रकरण बल्झिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बेइजिङ यात्रा नै स्थगित गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?