क्रिस्टियानो रोनाल्डोको जन्मदिन : सामान्य परिवारमा जन्म, शताव्दीकै उत्कृष्ट खेलाडी

लोकपथ
234
Shares

पोर्चुगलका कप्तान तथा अल नसारका स्टार क्रिस्टियानो रोनाल्डोले आज आफ्नो ३८ औं जन्मदिन मनाइरहेका छन् । रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ को दिन माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा भएको थियो । उनको परिवारको अवस्था निकै नै सामान्य थियो ।

उनले आफ्ना जीवनमा धेरै मिठो र लोभलाग्दो सफलता हासिल गरेका छन् । यति धेरै सफलता जित हासिल गर्ने स्वयम्ले के सोच्छन् होला उनै रोनाल्डोबारे लोकपथले जन्मदिनको अवसर पारेर विभिन्न एजेन्सीहरुको सहयोग लिएर तयार पारेको एक सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।

क्रिस्टियानो रोनाल्डोको ईतिहास :

स्पोर्टिङ सिपी :

रोनाल्डो १६ वर्षको हुँदा उनको ड्रिबलिङ क्षमताबाट प्रभावित भएर स्पोर्टिङ सिपीका प्रशिक्षकले उनलाई युवा टिमबाट मुख्य टिममा बढुवा गरे । उनी एकै सिजनमा क्लबको १६ वर्ष मुनिको उमेर समूह, १७ वर्ष मुनिको उमेर समूह, १८ वर्ष मुनिको उमेर समूह, बी टिम र मुख्य टिमबाट खेल्ने पहिलो खेलाडी बने । सन २००२ अक्टोबर ७ मा उनले पोर्चुगलको प्रिमियर लिगाको पहिलो खेलमा दुई गोल गरे जुन खेलमा उनको टिम ३-० ले विजयी भयो ।

स्पोर्टिङ र म्यानचेस्टर युनाइटेडबिच सन् २००३ अगस्टमा लिस्बनमा भएको खेलमा युनाइटेड ३९१ ले पराजित हुँदा युनाइटेडका खेलाडीहरू र प्रशिक्षक सर एलेक्स फर्गुसन रोनाल्डोको खेल कौशलबाट अत्याधिक प्रभावित भए । यही खेलले रोनाल्डोलाई युनाइटेडमा स्थानान्तरण गराउन मुख्य भूमिका खेल्यो । फर्गुसनले त्यतिबेला रोनाल्डोलाई आफूले जीवनमा भेटेका सर्वोत्कृष्ट युवा खेलाडीमध्ये एक भनेका थिए । रोनाल्डो स्पोर्टिङबाट बाहिरिएको एक दशक पछि सन् २०१३ अप्रिलमा क्लबले उनलाई क्लबको १००,०००औँ सदस्य बनाएर सम्मान गरेको थियो ।

म्यानचेस्टर युनाइटेड :

सन २००३-४ को सिजन अगाडि म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका रोनाल्डो क्लबमा खेल्ने पोर्चुगलको पहिलो खेलाडी बने । २४ मिलियनमा भित्र्याइएका उनी उक्त समयमा बेलायतको फुटबल इतिहासमा सर्वाधिक महङ्गा किशोर खेलाडी भएका थिए । उनले २८ नम्बरको जर्सीको माग गरेका थिए किनकी उनले यो नम्बर स्पोर्टिङमा लाउने गरेका थिए तर उनले ७ नम्बरको जर्सी पाए जुन नम्बर क्लबका प्रभावशाली खेलाडीहरू जस्तै जर्ज बेस्ट, इरिक क्यान्टोना, डेभिड बेक्ह्याम आदिले लाउने गर्थे । यसले उनलाई थप उत्साहित बनायो, र उनले ३ वर्षभित्र विश्वको सर्वश्रेष्ठ खेलाडी मध्ये एक बन्ने लक्ष्य राखे । रोनाल्डोको खेल जीवनलाई उचाईमा पुर्‍याउन म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसनको महत्वपुर्ण भूमिका रह्यो। रोनाल्डोले भनेका छन, फुटबल खेलमा फर्गुसन मेरा पिता हुन, मेरो जीवनको एक अति नै महत्वपुर्ण र प्रभावशाली व्यक्ति हुन् ।

सन् २००६-७ को सिजनमा युइएफए च्याम्पियन्स लिगको उत्कृष्ट आठको खेलमा रोमा क्लब विरुद्ध युनाइटेडले ७(१ को जित निकाल्दा रोनाल्डोले दुई गोल गर्दै च्याम्पियन्स लिगमा गोलको खाता खोले । सन् २००७ मे ५ को म्यानचेस्टर डर्बीमा एक गोल गर्दै उनले युनाइटेडको लागि गोल सङ्ख्या ५० पुर्‍याए । सोही सिजन युनाइटेडले चार वर्ष पछि फेरि लिगको उपाधि जित्यो । उत्कृष्ट प्रदर्शनको कारणले रोनाल्डोले पिएफए, व्यवसायिक फुटबल खेलाडी सङ्गठन वर्ष खेलाडी, पिएफए फ्यान वर्ष खेलाडी, पिएफए युवा वर्ष खेलाडी तथा एफडब्लुए, फुटबल पत्रकार सङ्गठन वर्ष खेलाडीको उपाधि जिते । यी चार उपाधि एकैसाथ जित्ने उनी पहिलो खेलाडी बने । क्लबले उनको तलब बढाएर १२०,००० पाउन्ड स्टर्लिंग प्रतिहप्ता पुर्‍यायो भने उनले पाँच वर्षको लागि अनुबन्ध बढाउन सहमति जनाए ।

सन् २००७-८ को सिजनमा उनले ४२ गोल गरे, यो उनले म्यानचेस्टर युनाइटेडका लागि एक सिजनमा गरेको सबैभन्दा धेरै गोल हो। सन् २००८ जनवरी १२ मा उनले युनाइटेडको लागि पहिलो ह्याट्रिक गरे, उक्त खेलमा न्युक्यासल युनाइटेडलाई ६-० गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लियो । मार्च १९ मा उनले पहिलो पटक म्यानचेस्टर युनाइटेडको कप्तानी गर्दै बोल्टोन विरुद्ध दुई गोल गरे । बोल्टोन विरुद्धको दोस्रो गोल उक्त सिजनमा रोनाल्डोको ३३औँ गोल थियो, यससँगै मध्यपङ्तिमा खेल्ने रोनाल्डोले सन् १९६७-६८ को सिजनमा जर्ज बेस्टले राखेको ३२ गोलको क्लब किर्तिमान तोडेका थिए । मे ११ मा विगान विरुद्ध पेनाल्टीबाट निर्णायक गोल गर्दै उनले युनाइटेडलाई अर्को प्रिमियर लिग उपाधि जिताए । लिगमा ३१ गोल गरेका कारण उनले प्रिमियर लिग गोल्डेन बुट जिते भने युरोपेली गोल्डेन शू जित्ने पहिलो विङ्गर बने ।

सन २००७-८ को सिजनमा युनाइटेडले युइएफए च्याम्पियन्स लिगको उपाधि जित्दा रोनाल्डोको भूमिका महत्वपुर्ण रह्यो। च्याम्पियन्स लिगको उक्त सिजनमा सर्वाधिक गोल गरेका रोनाल्डोले युइएफए वर्ष खेलाडी भए, उनले लगातार दोस्रो वर्ष पिएफए वर्ष खेलाडी तथा एफडब्लुए वर्ष खेलाडीको उपाधि पनि जिते ।

सन २००८-९ को सिजन युनाइटेडमा उनको अन्तिम सिजन रह्यो । सन २००८ नोवेम्बर १५ मा स्टोक सिटी विरुद्ध गोल गर्दै युनाइटेडका लागि आफ्नो गोल सङ्ख्या १०० पुर्याए । यस सँगै उनले एकै सिजनमा प्रिमियर लिगका सबै १९ विपक्षी विरुद्ध गोल गरे । २००८ मा युनाइटेडले क्लब विश्वकप जित्दा रोनाल्डोको योगदान महत्वपुर्ण रह्यो । प्रतियोगितामा उनले सिल्भर बल जिते । उनले सन २००८ को बेलोन डी ओर जितेर जर्ज बेष्ट (१९६८) पछि सो पुरस्कार जित्ने पहिलो युनाइटेड पहिलो खेलाडी बने। सोही वर्ष उनी फिफा वर्ष खेलाडी घोषित भए, प्रिमियर लिग खेलाडीले यो पुरस्कार पाएको यो पहिलो अवसर थियो ।

२००८-९ को सिजन उनको प्रेरणामा युनाइटेड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुग्यो तर बार्सिलोनासँग पराजित भएर उप-विजेता बन्यो। पोर्तो क्लब विरुद्धको दोस्रो खेलमा उनले ४० यार्डबाट गरेको गोलले वर्षको सर्वोत्कृष्ट गोलको रुपमा फिफा पुस्कास अवार्ड जित्यो। युनाइटेडले लिग कप र लगातार तेस्रो प्रिमियर लिग उपाधि जित्दा रोनाल्डोले सो क्लबबाट नौ उपाधिहरू जिते। म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोले अन्तिम गोल २००९ मे १० मा म्यानचेस्टर डर्बीमा फ्री किकमार्फत गरे ।

रियल म्याड्रिड :

सन २००९ मा ८० मिलियन को किर्तिमानी स्थानान्तरण रकम तिरेर रियल म्याड्रिडले रोनाल्डोलाई क्लबमा भित्र्यायो । उनलाई क्लबको रंगशालामा स्वागत गर्न करीब ८०,००० समर्थक भेला भए, यसले २५ वर्ष अगाडि म्याराडोनालाई नेपोली क्लबमा करीब ७५,००० ले स्वागत गरेर राखेको रेकर्ड तोडियो। उक्त समयमा क्लबका कप्तान राउलले ७ नम्बरको जर्सी लाईरहेको हुनाले उनलाई ९ नम्बरको जर्सी दिइयो ।

२००९-१० को सिजन अन्तर्गत सन २००९ अगस्त २९ मा रियल म्याड्रिडको लागि पहिलो खेल खेल्दा रोनाल्डोले पेनाल्टीबाट गोल गरे र उक्त खेल म्याड्रिडले ३९२ ले जित्यो । आफ्ना पहिला चार खेलमा गोल गरेर उनी रियल म्याड्रिडको सो किसिमको पहिलो खेलाडी बने । युइएफए च्याम्पियन्स लिगमा म्याड्रिडको लागि उनका पहिला दुई गोल फ्री किक मार्फत ज्युरिच क्लब विरुद्ध बर्सिए । सन २००९ को बेलोन डी ओर र फिफा वर्ष खेलाडीमा उनी उप(विजेता बने भने उनका प्रतिष्पर्धी मेस्सीले दुबै पुरस्कार जिते। स्पेनको लिगको आफ्नो पहिलो सिजन रोनाल्डोले एक ह्याट्रिक (२०१० मे ५ मा मालोर्सा विरुद्ध) सहित ३३ गोल गरे, तर म्याड्रिडले कुनै उपाधि जित्न सकेन ।

राउलले क्लब छाडेपछि २०१०-११ को सिजनदेखि रोनाल्डोले ७ नम्बरको जर्सी लाएर खेल्न थाले । २०१० अक्टोवर २३ मा उनले जीवनमै पहिलोपल्ट एक खेलमा चार गोल गर्दै रेसिङ् स्यान्टान्डर विरुद्ध म्याड्रिडलाई ६-१ को जित दिलाए। उनले सोही सिजन एथ्लेटिक बिल्बाओ, लेभान्टे, भिल्लार्रियाल र मालागा विरुद्ध ह्यट्रिक गरे। स्पेनको पिचीची अवार्ड (सर्वाधिक गोलकर्ता) सँगै उनले युरोपियन गोल्डेन शू जिते र दुई फरक लिगबाट सो उपाधि जित्ने पहिलो खेलाडी बने । उक्त सिजन रोनाल्डोले सबै प्रतियागिताहरूमा जम्मा ५३ गोल गरे । रोनाल्डोले ९२ लिग खेलबाट १०० गोल गर्दै सन २०१२ मार्च २४ मा क्लबको लागि नयाँ किर्तिमान राख्दा पुस्कासको पुरानो रेकर्ड तोडियो ।

२०१२-१३ को सिजनको सुरुवातमा म्याड्रिडले सुपरकोपा डे स्पेन जित्यो। साथै बार्सिलोना विरुद्ध सुपर कपमा रोनाल्डोले २ गोल गर्दा म्याड्रिडले उपाधि चुम्यो । उनले च्याम्पियन्स लिगमा पहिलो ह्याट्रिक अज्याक्स विरुद्ध गरे जुन खेल म्याड्रिडले ४-१ ले जित्यो। चार दिन पछि उनी एल क्लासिकोमा २-२ को बराबरी हुँदा दुबै गोल गरेर लगातार छ एल क्लासिकोमा गोल गर्ने पहिलो खेलाडी बने। सन २०१२ को फिफा बेलोन डी ओरमा पनि रोनाल्डो दोस्रो भए । २०१२-१३ सिजन अन्तर्गत सन २०१३ जनवरी ६ मा रोनाल्डोले पहिलो पटक रियल म्याड्रिडको कप्तानी गरे।

सन २०१३ को अन्त्यतिर रोनाल्डोले २२ खेलबाट ३२ गोल गरे जसमा ५ ह्याट्रिक (ग्यालाटासारे, सेभिल्ला, रियल सोसियोड्याड, नर्दन आयरल्याण्ड, र स्वीडेन विरुद्ध) रहेका थिए । सो वर्ष उनी फिफा बेलोन डी ओर विजेता बन्न सफल भए । जनवरी ६ मा सेल्टा भिगो विरुद्ध २ गोल गर्दा उनले ६५३ खेलबाट क्लब र देशको लागि ४०० औँ गोल गरे। भ्यालेन्सिया विरुद्ध मे ४ मा पछाडी फर्केर हानेको गोल (ब्याकहिल भली) उनको सो सिजनको ५० औँ गोल थियो जुन गोललाई ला लिगाले वर्षको उत्कृष्ट गोलको दर्जा दियो भने रोनाल्डोलाई ला लिगा वर्ष खेलाडीको अवार्ड प्रदान गरियो । सन २०१४-१५ को सिजनमा रोनाल्डोले ६१ गोल गर्दै नया व्यक्तिगत किर्तिमान राखे। डिसेम्बर ६ मा ला लिगाको २३ औँ ह्याट्रिक गर्दा रोनाल्डो ला लिगामा सबैभन्दा छिट्टो ला लिगामा २०० गोल गर्ने खेलाडी बने। २०१४ को फिफा क्लब विश्वकप जितेपछि,रोनाल्डोले लगातार दोस्रो पटक फिफा बेलोन डी ओर विजेता बन्दै तीन पटक सो अवार्ड जित्ने सिमित खेलाडीमा पर्न सफल भए । सन २०१६ को बेलोन डी ओर विजेता बनेका रोनाल्डोले फिफा वर्ष खेलाडी २०१६ को उपाधि पनि पाए ।

युभेन्ट्स :

२०१८ मा रियल छोडेर उनी ईटालियन क्लब यूभेन्टसमा १०० मिलियनमा हस्ताक्षर गरे । हाल उनी सोहि क्लबबाट खेलीरहेका छन् । यसै सिजन ईटालिएन क्लब युभेन्ट्स गएका रोनाल्डोले युभेन्ट्सका तर्फबाट १०१ गोल गरेका छन् । रोनाल्डो युभेन्ट्स गएपछि युभेन्ट्सले सिरि एको उपाधि उचालेको थियो ।

म्यान्चेस्टर युनाइटेड : 

युभेन्ट्सबाट रोनाल्डो २०२२ को अक्टोबरमा फेरी म्यान्चेस्टर युनाइटेड फर्किएका थिए । उनले म्यान्चेस्टर युनाइटेडमा रहदा १८ गोल गरेका थिए । त्यसपछि उनले विश्वकप अगाडी नै युनाइटेडसँगको सम्झौता तोडेका थिए । त्यसपछि उनले साउदीको क्लब अल नसारमा २०० मिलियन डलरमा आवद्ध भएका थिए ।

अल नसार : 

कतार विश्वकप २०२२ पछि रोनाल्डो साउदी क्लब अल नसारमा आवद्ध भएका छन् । उनलाई साउदी क्लबले सबै भन्दा बढि मूल्यमा भित्र्रायको थियो । रोनाल्डोले नसारमा २०० मिलियन डलरमा सम्झौता गरेका छन् ।

रोनाल्डोले पाँच पटक वालोन डी ओर जितेका छन् । त्यस्तै, क्रिस्टियानो रोनाल्डोले खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेका छन् । रोनाल्डोले २०१४ फेब्रुअरी ११ मा एथ्लेटिको म्याड्रिड विरुद्धको खेलमा सातौँ मिनेटमा गोल गरे पछि सो रेकर्ड बनेको बनाएका हुन् । उक्त रेकर्ड बनाउने उनी संसारकै पहिलो खेलाडी हुन् । रोनाल्डोले २२ चोटि ९० औँ मिनेटमा गोल गरीसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?