बन्द प्रशिक्षणमा सन्दीप लामिछाने (फोटोफिचर)

लोकपथ
208
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेट्दै टिम घोषणा गरेसँगै उनी बन्द प्रशिक्षणमा फर्किएका छन् ।

एक नाबालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका लामिछानेलाई पोखरामा गत मंगलबार बसेको क्यानको बोर्ड बैठकले निलम्बन फुकुवा गरेको थियो । सन्दीप करिब ५ महिनापछि बन्द प्रशिक्षणमा फर्किएका हुन् ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा क्यानले यसअघिको २८ सदस्यीय टोलीबाट १० जना हटाएर सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरेको छ ।

फागुन २ गतेदेखि शुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित छन् । सिरिजको पहिलो खेलमा नेपालले फेब्रुअरी १४ मा नामिबियासँग खेल्नेछ ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?