काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता गरिँदैछ ।
उम्मेदवारी दर्ताका लागि संसद् भवन नयाँ बानेश्वरमा अपराह्न दिउँसो १ देखि ४ बजेसम्मको समय छुट्टयाइएको संघीय संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन गरिने छ ।
राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म पनि उपाध्यक्ष पदको पदपूर्ति गरिएको छैन ।
राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्तारुढ दलहरु र विपक्षी नेपाली कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम भने सार्वजनिक गरेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया