काठमाडौं । पार्टीको विधानलाई सङ्घीयता अनुसार परिमार्जन गर्न भन्दै बसेको नेपाली काङ्ग्रेसको महासमिति बैठक जारी छ । मंसिर २८ गतेबाट शुरु भएको बैठकको बन्द शत्र चलिरहेको छ ।
नेपाली कांग्रेसको महासमिति बैठक रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस परिसरमा जारी छ । बैठकमा मुलुकभरबाट निवार्चित महासमिती सदस्य तथा जिल्ला सभापति, भातृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, निर्वतमान केन्द्रिय सदस्य तथा पर्यवेक्षकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

विधानमा प्रत्येक वर्ष बैठक बस्नु पर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि बैठक बसेको हो । शेरबहादुर देउवा सभापतिमा निवार्चित भएपछि बसेको यो पहिलो महासमिति बैठक हो ।
बैठक स्थल भित्र बिपि कोइरालाका सिद्धान्तहरु समेटिएका र राजनीति सम्बन्धि पुस्तकहरु प्रदर्शनमा राखिएका थिए । त्यस्तै काङ्ग्रेसको विधान र संविधानमै सनातन हिन्दु राष्ट्र लेख्न दबाब दिन भन्दै हस्ताक्षर संकलन पनि गरिएको थियो ।

जनतालाई सदैव सार्वभौम मान्ने हामी लोकतन्त्रवादीले धर्मका विषयमा बहुसंख्यक जनताको मागलाई सम्बोधन गर्न सकेनौं भने हामी लोकतान्त्रिक पार्टी कसरी हुन सक्छौं?, ‘हस्ताक्षर संकलन गर्ने ठाउँमा राखिएको प्रचार सामग्रीमा लेखिएको थियो ।
‘नेपाललाई सनातन हिन्दु राष्ट्रका रूपमा अंगिकार गर्ने गरी पार्टीको विधान र संविधान संशोधन हुनुपर्छ । यसका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्दै महासमिति सदस्यको हस्ताक्षर गरेका छौं ।’
‘नेपाललाई सनातन हिन्दु राष्ट्रका रूपमा अंगिकार गर्ने गरी पार्टीको विधान र संविधान संशोधन हुनुपर्छ । यसका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्दै महासमिति सदस्यको हस्ताक्षर गरेका छौं ।’
शनिबार महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाले महासमिति सदस्यहरुलाई केन्द्रले प्रस्तुत गरेका एजेण्डामा आफ्ना मत राख्न आग्रह गरेका थिए । चुनावपछि विभिन्न जिल्लामा जाँदा नेता कार्यकर्ताहरुबाट धेरै गुनासोहरु आउने भएकाले महासमिति सदस्यहरुलाई मनमा लागेको खुलेर भन्न आग्रह गरेका हुन् ।

नेता कार्यकर्ताको आवाजले नेतृत्वले आफूलाई सच्याउने मौका पाउने उनको भनाई थियो । सिटौलाले चुनावपछिको एक वर्ष कांग्रेस अलमल्लिएको भन्दै अब देशब्यापी अभियान लिएर जाने बताएका थिए ।
त्यस्तै, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशमा समृद्धि ल्याउन नेपाली कांग्रेसलाई लगातार ३ वटा चुनाव जिताउन पर्नेमा जोड दिएका थिए ।
महासमिति सदस्यहरुलाई कांग्रेसले १५ वर्ष शासन गर्ने गरी लगातार चुनाव जिताउने संकल्प गर्न शर्माले आग्रह समेत गरे । बैठकमा शर्माले वीपी कोइरालाले १५ बर्ष कांग्रेसले जित्यो भने मुलुक समृद्ध बनाउन सकिन्छ भनेको स्मरण गराए ।
गिरिजाप्रसाद कोइराला ‘आधुनिक नेपालको मोर्डनाइजर’ भएको नेता डा. रामशरण महतको भनाई छ ।
कांग्रेस दर्शन र इतिहासको हिसावले अगुवा भएपनि अहिले कठिन अवस्था रहेको र निर्वाचनमा पराजय भएपनि प्रतिपक्षमा आउँदा पनि यति कमजोर नभएको भन्दै महतले त्यसको आधारमा हिजोको गल्ती सच्याएर पार्टीलाई एक बनाउनु पर्नेमा जोड दिए । कम्युनिस्टहरुले अर्थ व्यवस्थालाई उथलपुथल पारेकाप्रति आक्रोस व्यक्त गर्दै उनले कांग्रेस अब एकढिक्का हुनुपर्नेमा जोड दिए ।
महासमितिमा आज सह–महामन्त्री डा. प्रकाशसरण महतले कांङ्ग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषध्यक्ष सितादेवी यादवले प्रस्तुत गरिएको थियो ।
यसैगरी महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव पेश गर्ने र अर्का महामन्त्री डा. शशांक कोइरालाले सांगठनीक प्रतिवेदन पेश गरेका छन् ।
नेताहरुले सबै प्रतिवेदन पेश गरेसँगै बन्द सत्रमा छलफल शुरु भएको छ ।

महसमितिको बैठकबाट नेपाली कङ्ग्रेस भित्र भएका गुट उपगुटहरुको अन्त्य हुने र पार्टीको नेतृत्व सुदृढ हुने महासमितीका सदस्यहरुको विश्वास रहेको छ ।
निर्वाचनमा पराजय भएको नेपाली कङ्ग्रेसले यस बैठकबाट आफूहरुमा भएको असहमतिहरु कम गर्दे लैजाने र जनताको अपेक्षाहरु पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैबिच लोकपथ डटकमले महासमिति बैठकमा भेटिएका नेता तथा शुभचिन्तकलाई सोधेको छ : अबको नेपाली कांग्रेस पार्टी कस्तो बन्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया