रास्वपाको बैठक आइतबार बस्ने गरी स्थगित

लोकपथ
78
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । बसुन्धारास्थित पार्टी कार्यालयमा शनिबार राति बसेको बैठक औपचारिक निर्णयबिना नै टुंगिएको हाे ।

बैठक आइतबार बिहान फेरि बस्ने गरी स्थगित भएको बताइएको छ । पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिन लाग्दा बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भएको छ ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको र केन्द्रीय पदाधिकारीहरुले आआफ्नो धारणा राखेका थिए । आजको बैठकले कुनै निर्णय गर्न नसकेको पार्टीका मुख्य सचेतक सन्तोष परियारले बताए । उनले आइतबार बिहान साढे ११ बजे अर्को बैठक बसेर आवश्यक निर्णय गर्ने बताए ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गर्दै आएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहको सट्टा भौतिक मन्त्रालय लिन रास्वपाका सभापति रवि लामिछानेलाई प्रस्ताव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?