१५ चैत्र २०७९, बुधबार

महिलालाई आत्मनिर्भर बनाउन चुरापोते तालिम

२०७९,माघ,२१,शनिवार २३:१२

27
Shares

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लघुउद्यम विकास कार्यक्रम अन्तर्गत महिलालाई चुरापोते र खेलौना बनाउने तालिम सञ्चालन गरेको छ । पालिकाको वडा १६ र १३ का महिलाका लागि संयुक्त रुपमा १५ दिने तालिमको आयोजना गरिएको भीमदत्त नगरपालिका उपप्रमुख निलम जोशी लेखकले बताइन् ।

महिलालाई आत्मनिर्भर बनाउनका लागि तालिम सञ्चालन गरिएको उनको भनाइ छ । ‘यहाँका महिलालाई आय आर्जनसँग जोड्नका लागि तालिम सञ्चालन गरिएको हो’, उनले भनिन्, ‘तालिमबाट सिकेको सीप व्यवहारमा उतार्न सके महिला आत्मनिर्भर बन्ने विश्वास लिएको छु ।’

उनले घरमै बसेर पनि गर्न सकिने काम भएकाले तालिमबाट सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गरिन् । तालिममा वडा १६ र १३ का गरी २८ महिला सहभागी रहेको वडा–१६ का वडाध्यक्ष केशवसिंह विष्टले बताए ।

‘१५ दिने तालिममा महिलालाई आत्मनिर्भर र सक्षम बनाउन चुरापोते र खेलौनाको तालिम दिइनेछ’, उनले भने, ‘सीप सिकेर महिला आर्थिक रुपमा सबल होउन भन्ने हाम्रो उद्देश्य हो ।’ थोरै लगानीमा राम्रो आम्दानी कमाउनका लागि चुरापोते तालिमले महिलाको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

भीमदत्त नगरपालिका महिला तथा बालविकास शाखा प्रमुख कुन्ती लेखकले नगरपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत महिलालाई आर्थिक रुपमा सबल बनाउन तालिमको आयोजना गरेको बताइन् ।

‘चुरापोते न्यून लगानीमा बनाउन र गाउँघरमै बिक्री वितरण गर्न सजिलो हुन्छ’, उनले भनिन्, ‘पछिल्लो समय यसको माग पनि बढेको छ ।’

प्रकाशित मिति: २०७९,माघ,२१,शनिवार २३:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२