१५ चैत्र २०७९, बुधबार

संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्छ : प्रदेश प्रमुख परियार

२०७९,माघ,२१,शनिवार २२:१६

36
Shares

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभाको पाँचौँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले संविधानको रक्षा र त्यसको सफल प्रयोगबाट मात्र सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुने बताए ।

सोही क्रममा प्रदेश प्रमुख परियारले निवर्तमान सरकारका अधुरा योजना पूरा गर्न, नीति, योजना र कार्यक्रम वैज्ञानिक ढंगले सञ्चालन गरी कर्णालीवासीको आवश्यकता सम्बोधन गर्न आग्रह गरे ।

उनले भने, ‘कर्णाली र भेरी करिडोरको निर्माणकार्य सम्पन्न हुनुपर्छ । सबै पालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोडेर विद्युतीकरण, सिँचाइ नहर र कुलोको काम सम्पन्न गर्न समेत तीनै तहका सरकारले प्राथमिकतामा राखिनुपर्दछ ।’

सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी लोपोन्मुख राउटे र बादी समुदायको समस्या समाधान गर्न उनले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: २०७९,माघ,२१,शनिवार २२:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ । आज बसेको गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारमा भागबण्डा नमिलेपछि त्यसलगत्तै एसको

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार पूर्वमन्त्री समेत रहेका कुशवाहलाई जनमतका

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२