१५ चैत्र २०७९, बुधबार

बाह्रै महिना मेलम्चीको पानी काठमाडौं लैजान्छौँ : मन्त्री खाँन

२०७९,माघ,२१,शनिवार २१:४७

54
Shares

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंबासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् ।

आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षणका लागि पुगेका उनले आयोजना नियमित सञ्चालनका लागि लाग्ने खर्च र प्राविधिक कुराबारे आवश्यक छलफल गरी फास्ट ट्रयाकमा काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खाँनले नीतिगत समस्यालाई हल गर्दै कर्मचारीको समस्यालाई पनि सम्बोधन गरिने बताए । सोही क्रममा उनले स्थनीयवासीले उठाएका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गरिने विश्वास दिलाए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनामा हालसम्म भएको लगानी, विसं २०७८ असारमा गएको बाढीले पु¥याएको क्षति र नियमित आयोजनामा सञ्चालनका लागि गर्नुपर्ने कामका विषयमा समेत विस्तृत जानकारी दिएका थिए । उनले खानेपानी समिति नहुँदा तलब, मर्मत र महत्वपूर्ण निर्णय गर्न समस्या भएको बताए ।

बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब रु दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । आयोजनाको मुहानस्थलमा निर्माण भएकोे पक्की संरचना बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोलहाउस पुरिनुका साथै निर्माण सामग्री र निर्माण उपकरण र कन्ट्रयाक्टर लेबर क्याम्पसमेत बगाएको थियो ।

आयोजना निरीक्षणका क्रममा मन्त्री खानसहित खानेपानी सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक श्रेष्ठ विभिन्न क्षेत्रको विज्ञ टोलीलगायत मुहानस्थल पुगेका थिए ।

प्रकाशित मिति: २०७९,माघ,२१,शनिवार २१:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२