रास्वपाको आकस्मिक बैठक शुरु

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बसुन्धारास्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो ।

गठबन्धनमा भएको सहमतिअनुसार गृह मन्त्रालय आफूलाई दिन माग गर्दै दुई दिने अल्टिमेटम दिएको रास्वपाले आकस्मिक बैठक बोलाएको छ । आन्तरिक छलफललगत्तै पार्टीको बैठकबाट यसबारे औपचारिक निर्णय गर्ने रास्वपाको तयारी छ ।

यसअघि गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाले चेतावनी दिँदै आएको छ । तर, रास्वपाभित्र भने बहुमत सदस्यले तत्काल सरकारबाट बाहिरिनु भन्दा सरकारमै रहनु पार्टीका लागि पनि हितकर हुने बताउँदै आएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले भने गृहमन्त्रालय बाहेक अन्य वैकल्पिक मन्त्रायलय दिन सकिने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?