माओवादीले दुई महिने पार्टी संगठन सुदृढीकरण अभियान चलाउने

लोकपथ
26
Shares
dfcf]jfbL s]Gb|sf] :yfoL ;ldlt a}7s sf7df8f}F, @! k’;M k|wfgdGqL tyf g]skf-dfcf]jfbL s]Gb|_sf cWoIf k’iksdn bfxfn…k|r08Ú sf] cWoIftfdf zlgaf/ kf6L{ sfof{no k]l/;8fF8fdf a;]sf] :yfoL ;ldltsf] a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दुई महिने पार्टी संगठन सुदृढीकरणको अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले आगामी फागुन र चैत महिनामा संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले यसको राजनीतिक सुझावसहितको फिल्ड रिपोर्टसमेत बुझ्ने निर्णय भएको बताए । महराले आगामी दुई महिना सबै नेताहरु फिल्डमा नै गएर पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गर्ने निर्णय भएको बताए । उनले पार्टी संगठन सदृढीकरणका लागि दुई महिने संगठन सुदृढीकरणको अभियान चलाउने बताए ।

यस अभियानमा चुनावी अन्तर्घातका बारेमा पनि गहन अध्ययन गर्ने निर्णय भएको बताए ।  उनले भने, ‘शुरुका दिनमा अध्यक्ष र अन्य केही कमरेडहरुले केही प्रश्ताव राख्नुभयो, त्यसको छलफलमा नेताहरुले भाग लिनुभयो । त्यसका आधारमा हामीले विभिन्न समयमा हुने समूहमा होमवर्क गरौँ । आज यसको निस्कर्ष निकालेका छौँ । २ महिनापछि सीसीको बैठक बस्ने, सम्पूर्ण निर्णय सीसीले गर्ने भन्ने निर्णय भयो ।

सबै फिल्डमा जाने र सीसीको निर्णय गर्ने र त्यसका लागि सबै कमिटी मञ्चको बैठक बस्ने निर्णय भयो । चुनावको समीक्षाको विषयमा ठाउँठाउँमा घात, अन्तर्घात भयो, यसको निमित्त फिल्डको रिपोर्ट बुझ्ने कुरा भएको छ । माघको २६ गतेदेखि ५ गते भित्रमा हामीले प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरुको समन्वय समितिको बैठक बस्ने, र त्यसले स्थानीय तहको फिल्डको जिम्मेवारी लिइ बुझ्ने निर्णय भएको छ ।

अध्यक्ष प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीका रुपमा केही निर्देशन र केही वक्तव्यहरु छन्, त्यसलाई तल लैजाने निर्णय गरेका छौँ । हाम्रो पार्टी २६ गतेदेखि फिल्डमा जान्छ ।’ उपाध्यक्ष महराले पार्टी संगठन सुदृढीकरण अभियानमा सबै तहका कमिटीहरु परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?