१५ चैत्र २०७९, बुधबार

जापानी प्रधानमन्त्रीद्वारा आफ्ना वरिष्ठ सहयोगी बर्खास्त

२०७९,माघ,२१,शनिवार १६:३३

45
Shares

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले शनिबार यौनिक अल्पसंख्यकहरूविरुद्ध भेदभावपूर्ण टिप्पणी गरेको भन्दै आफ्ना सचिव मासायोशी अराइलाई बर्खास्त गरेको शनिबार बताएका हुन् ।

समलिङ्गी विवाहलाई वैधानिकता दिने विषयमा अराइले हालै व्यक्त गरेको टिप्पणीलाई आफूले गम्भीररूपमा लिएको बताउँदै प्रधानमन्त्री किशिदाले सरकारको नीतिसँग पूर्णतया विरोधाभासपूर्ण र अक्षम्य अभिव्यक्ति दिएकाले उनलाई बर्खास्त गरिएको पत्रकारहरू बताए । साथै, उनले अराइको उत्तराधिकारी पनि चयन भइसकेको जानकारी दिए ।

प्रधानमन्त्रीको कार्यकारी सचिवको रूपमा कार्यरत अराइले अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले यौनिक अल्पसंख्यक जोडीलाई हेर्न मन नलाग्ने र उनीहरूप्रति आफूलाई घृणा लागेको पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा बताएका थिए ।

उनले जापान समलिङ्गी विवाहको विपक्षमा हुनुपर्ने टिप्पणी पनि गरेका थिए । उनका टिप्पणी सञ्चारमाध्यमममा सार्वजनिक भएपछि शुक्रबार उनले क्षमा याचना गर्दै आफ्ना भनाइले प्रधानमन्त्रीको धारणा प्रतिविम्बित नगर्ने स्पष्ट गरेका थिए ।

प्रकाशित मिति: २०७९,माघ,२१,शनिवार १६:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगरा क्यान्ट स्टेसनबाट १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको वन्दे भारत एक्सप्रेस रेल गाईसँग ठोक्किएको छ । जसका कारण

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिनले चीनको चुनौतीलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०२४ को बजेटमा रक्षा खर्च बढाइएको बताएका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३