१५ चैत्र २०७९, बुधबार

गोर्खाको दूधपोखरी चेपेमा ८.८५६ मेगावाट जलविद्युतमा आयोजना बन्दै

२०७९,माघ,२१,शनिवार १५:३९

36
Shares

काठमाडौं । गोर्खाको दूधपोखरी चेपे जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने भएको छ । गोर्खाको दूधपोखरीमा निर्माणाधीन दुधपोखरी चेपे जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधपोखरी मेचेका अध्यक्ष सविन प्रधानाङ्गबीच बिहीबार एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार आयोजनाको कुल लागतमा बैंकले ७० प्रतिशत ऋण लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत आयोजनाले नै लगानी गर्नेछ ।

दूधपोखरी चेपे जलविद्युत आयोजना ८.८५६ मेगावाटको भएको अध्यक्ष सविन प्रधानाङ्गले बताए । उनका अनुसार जलविद्युतको लागि चाहिने सडक एवं प्रसारण लाईनको काम ९० प्रतिशत सम्पन्न भई सकेको छ । सो आयोजनाको प्रशारण लाइन सुपर चेपे जलविद्युत आयोजनाको प्रशारण लाइनमा डबल सर्किट भएर ल्याइने तयारी गरेको छ ।

सुपर चेपे र दुधपोखरी चेपेको संयुक्त कोलाब्रेसनमा काम भएपछि सो क्षेत्रका बासिन्दा पनि खुशी भएका छन् । अनुभवी सुपर चेपेको समुहको कोलाब्रेसनमा दुधपोखरी चेपे बन्नेभएपछि आयोजना समयमै सम्पन्न हुने भएको छ । आयोजनामा १७५५ मिटर लामो हेडरेस सुरुङ र ३११९ मिटर लामो पेनस्टक निर्माण हुने आयोजनाका जनसम्पर्क अधिकृत प्रदिप राज गिरीले जानकारी दिए ।

यो आयोजना पूरा भएपछि वार्षिक ५६.१९ गिगावाट प्रति घन्टा विद्युत उत्पादन हुने उनले जनाए । हिउँदमा १९.२८ गिगावाट प्रति घन्टा र बर्षातमा ३६.९१ गिगावाट प्रति घन्टा विद्युत उत्पादन हुने गिरीले जानकारी दिए । आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत २८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको लमजुङमा रहेको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ ।

आयोजना निर्माण शुरु भएको साढे २ वर्षमा सम्पन्न हुनेछ । कम्पनीले आयोजनाको अध्ययन पूरा गरी २०७७ माघ १९ गते नै विद्युत विकास विभागबाट आवेदन पाएको हो । आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ । स्वदेशी लगानीमा नै निर्माण हुन लागेको दुधपोखरी चेपे जलविद्युत आयोजना २०८१ को जेठसम्ममा सम्पन्न गरी सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: २०७९,माघ,२१,शनिवार १५:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३