सुनौलीमा नेपाली ट्यांकरमा कसले लगायो आगो ?

रुपन्देही, ५ कात्तिक – भारतको सुनौलीमा नेपाली ट्यांकरमा आज आगजनी भएको छ ।नेपालबाट इन्धन लिनका लागि भारतको गोरखपुरतर्फ जाँदै गरेको नेपाल आयल निगमको लु१ख ७३३० नंको ट्याकरले भारतको सुनौलीमा ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि स्थानीयले ट्यांकरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।नेपालको सिमाना रुपन्देहीको बेलहियाबाट ५०० मिटर दक्षिणमा दिउँसो ४ः३० बजेतिर ट्याकरको ठक्करबाट एक जनाको मृत्यु भएको र त्यसपछि स्थानीयले ट्यांकरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए ।उनका अनुसार ट्यांकरको ठक्करबाट मृत्यु हुने पुरुषको सनाखत हुन सकेको छैन । ट्यांकरमा लागेको आगो नेपालबाट गएको दमकलले निभाएको थियो । ट्यांकरका चालक रुपन्देही तिलोत्तमा नगरपालिका–७ का सन्तोष खरेललाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनाबारे अनुसन्धान गरेर कानूनी प्रक्रिया अघि बढाउनका लागि भारतीय प्रहरीसँग छलफल भइरहेको प्रवक्ता पाण्डेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?