स्वतन्त्रा दिवसको उपलक्ष्यमा श्रीलङ्कामा ५८८ जना बन्दी रिहा

लोकपथ
26
Shares

काठमाडौं । श्रीलङ्काले आफ्नो ७५ औँ स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ । ती कैदी बन्दीहरूमा ५५७ जना लागुऔषध मुद्दामा अदालतले दोषी ठहराएका तर, सुधारगृहमा पठाउँदा सुधार हुने विश्वास गरिएका र अन्य ३१ जना कैदीहरू उनीहरूको चालचलन र व्यवहारमा सुधार देखिएकाले छोडिन लागिएको हो ।

श्रीलङ्काकाको संविधानको धारा ३४ अनुसार राष्ट्रपतिमा निहित अधिकारको प्रयोग गरी ती कैदीबन्दीलाई रिहा गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।

गत वर्षको स्वतन्त्रता दिवसको उपलक्ष्यमा १९७ जना बन्दीलाई रिहा गरिएको थियो । श्रीलङ्का सन् १९४८ फेब्रुअरी ४ मा मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको थियो । आज उसले ७५ औँ स्वतन्त्रता दिवस मनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?