विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती

लोकपथ
52
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्त बुझ्दो नभएको बताएका छन् । शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुगेका उनले यस्तो बताएका हुन् ।

उनले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गएपनि चित्तबुझ्दो रुपमा सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिए । उनले यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरु चित्तबुझ्दो रुपमा कार्यान्वयन नभएको बताए । उनले आजको अनुगमनमा टर्लिमा ब्रेक नभएको पाइएको भन्दै तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिए ।

मन्त्री किराँतीले भने, ‘तुलनात्मक रुपमा सुधार छ तर, चित्तबुझ्दो रुपमा सुधार छैन । हिजो निर्देशन गरिएका कुराहरु सम्पूर्ण रुपमा पूरा गर्न र आज देखिएको टर्लिमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन गरिसकेको छु । बाँकी जतिपनि त्रुटी देखेको छु, सम्बन्धित निकायमा कडाइका साथ अझै निर्देशन गर्नेछु ।’

मन्त्री किराँतीले आज (शनिबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका थिए । गत माघको पहिलो साता विमानस्थलको अनुगमन गर्दै मन्त्री किराँतीले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?