सातामा नेप्से २२ सय अंकमा पुग्दा १३ अर्ब १० लाखको कारोबार

लोकपथ
26
Shares

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता सेयर बजार खासै सुखद देखिएन् । साताको सुरुवाती कारोबार दिनदेखि नै घट्न थालेको नेप्सेले साताको अन्तिम कारोबार दिनसम्म निरन्तरता पाएको थियो ।

यद्यपी, चौंथो कारोबार दिन झिनो अंकले नेप्से बढेको भएपनि यसले लगानीकर्ताहरुमा खासै उत्साह ल्याउन सकेन् । जसले गर्दा यो साता नेप्से दुई हजार ९४ दशमलव ५४ अंकमा खुम्चिन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९८ दशमलव ३७ अंकमा खुम्चिन पुगेको छ ।

नेप्सेमा यो साता दुुई सय ६१ वटा कम्पनीहरुको दुई लाख ३९ हजार चार सय ९८ पटक मात्र सेयर किनबेच भएको छ । जसबाट तीन करोड ५५ लाख ८९ हजार सात सय ९८ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १३ अर्ब ७२ लाख ७७ हजार दुई सय ६६ रुपैयाँमा सीमित भएको छ । यो कारोबार रकम गत साताकै हाराहारीमा हो ।

गत साता यस्तो कारोबार रकम १३ अर्ब १९ करोड ३८ लाख ३० हजार एक सय ९० रुपैयाँ रहेको थियो । उक्त साता दुुई सय ६१ वटा कम्पनीहरुको दुई लाख १९ हजार नौं सय ४० पटकको कारोबारमा तीन करोड ६३ लाख ५६ हजार सात सय ८६ कित्ता शेयर किनबेच हुँदा सो परिमाणमा रकम कारोबार भएको थियो ।

दैनिक सेयर कारोबारको विश्लेषण गर्दा यो साता नेप्से नियमित कारोबारको लागि पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र पाँचौ दिन घटेको नेप्से चौँथो दिन भने बढेको थियो । सो अनुसार पहिलो दिन १४ दशमलव ६८ अंकले घटेर २१ सय ६८ दशमलव ५३ अंकमा झरेको नेप्से दोस्रो दिन पुन ४१ दशमलव १६ अंकले घटेर २१ सय २७ दशमलव ३७ अंकमा खुम्चिएको थियो ।

तेस्रो दिन पुन १५ दशमलव ७० अंकले घटेर २१ सय ११ दशमलव ६८ झरेको नेप्से चौँथो दिन भने चार दशमलव ९७ अंकले बढेर २१ सय १६ दशमलव ६५ अंकमा चढेको थियो । यसैगरी पाँचौ दिन नेप्से पुन २२ दशमलव १२ अंकले घटेर दुई हजार ९४ दशमलव ५४ अंकमा सिमित हुन पुगेको थियो ।

पहिलो दिन दुई दशमलव ८३ अंकले घटेर चार सय १० दशमलव ३१ झरेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पुन सात दशमलव ३३ अंकले घटेर चार सय दुई दशमलव ९८ अंकमा खुम्चिएको थियो । तेस्रो दिन पनि दुई दशमलव ३६ अंकले घटेर चार सय दशमलव ६२ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौँथो दिन भने शुन्य दशमलव ५४ अंकले बढेर चार सय एक दशमलव १७ अंकमा पुगेको थियो ।

पाँचौ दिन सेन्सिटिभ इन्डेक्स दुई दशमलव ८० अंकले घटेर तीन सय ९८ दशमलव ३७ अंकमा सिमित हुन पुगेको थियो । यो साता रिडी हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएको छ भने नेपाल टेलिकम, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएको छ ।

बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक शेयर कारोबार (संख्या र रुपैयाँमा)
दिन                  कम्पनी संख्या        कारोबार संख्या          कित्ता              कारोबार रकम
पहिलो दिन              २६७                     ५१९७३              ८२७६७५१          ३०१७०६३९५६.४७
दोस्रो दिन                २५६                     ५७१२६              ८८३६४८८          ३३०२२०१८२५.९८
तेस्रो दिन                 २५९                     ५३८७८              ७५५३२३५          २८२४५४०४०६.६१
चौंथो दिन                २६१                      ३६८७९              ५०२४३८१           १७६७०५१९१६.००
पाँचौं दिन                २५७                     ३९६४२              ५८९८९०३           २०९६४१९१६१.८८
कुल                                                 २३९४९८            ३५५८९७५८       १३००७२७७२६६.८८
 (श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?