एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक शुरु

लोकपथ
13
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । बैठक शनिबार ललितपुरको बालकुमारीमा शुरु भएको हो । आजबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक भोलिसम्म जारी रहनेछ ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठक अवधिमा यी दुवै विषयहरुमा नेताहरुले छलफल गर्नेछन् । प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ ।

त्यस्तै, सरकारको कार्यशैली मूल्यांकन, संसदमा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले संगठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ । बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ ।

संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । आफ्ना सबै कमिटी, विभाग र मोर्चा संगठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले संगठन निर्माणलाई जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?