काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सोमबार बस्दैछ ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको साझा प्रतिवेदनका बारेमा छलफल गर्ने तयारी छ ।
शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षद्वयको साझा दस्तावेजमाथि नेता वामदेव गौतमले फरक प्रस्ताव राखेका थिए ।
उनको फरक मत सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ । बैठकमा दुवै प्रतिवेदन, पार्टीको तल्लो तहको एकीकरण र नेता गौतमले राखेको फरक प्रस्तावबारे पनि छलफल गरिने नेता देव गुरुङले जानकारी दिए ।
विधानमा तीन-तीन महिनामा बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक ५ महिनाभन्दा बढी अवधिमा शनिबार बसेको थियो । यसअघि असार २१ गते छोटो समयको लागि बैठक बसेको थियो ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गत जेठ ३ गते एकता भए पनि तल्ला कमिटीको एकता भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया