१५ चैत्र २०७९, बुधबार

हवाई यातायात सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट

२०७९,माघ,२०,शुक्रवार २२:२२

27
Shares

काठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज दायर गरेको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानून, नीति एवं हवाई सुरक्षा मापदण्डको संशोधन एवं परिमार्जन गर्न माग गरिएको छ ।

रिट निवेदनमा अहिलेको हवाई यातायात सुरक्षासम्बन्धी व्यवस्थाले हवाई यातायातको क्षेत्र सुरक्षित नभएको हुँदा उक्त मापदण्ड संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता भएको जिकिर गरिएको छ ।

विशेषज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गरी विद्यमान कानून, नियमका साथै सुरक्षा मापदण्डको पुनरावलोकन गर्नुपर्ने र अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (आईकाओ) को मापदण्ड पालना भए/नभएको अनुगमनका लागि स्थायी संयन्त्र निर्माण गर्नसमेत रिट निवेदनमा माग गरिएको छ । साथै, हवाई दुर्घटनाको जाँचका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरिएको छ ।

प्रकाशित मिति: २०७९,माघ,२०,शुक्रवार २२:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ । आज बसेको गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारमा भागबण्डा नमिलेपछि त्यसलगत्तै एसको

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार पूर्वमन्त्री समेत रहेका कुशवाहलाई जनमतका

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२