१५ चैत्र २०७९, बुधबार

आईसीटीको प्रयोगसँगै जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : मुख्यसचिव वैरागी

२०७९,माघ,२०,शुक्रवार २२:०१

36
Shares

काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास वैरागीले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ को योजना पूरा गर्ने गरी काम भइरहेको बताएका छन् ।

सरकारले योजना पूरा गर्ने गरी काम गरे पनि तथ्यांक व्यवस्थापन, एकीकृत सूचना प्रणाली र सूचना प्रणालीको सुरक्षालगायत केही चुनौती रहेको उनको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र तराई विकास तथा सञ्चार केन्द्रले संयुक्तरूपमा आज आयोजना गरेको ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक अन्तर्क्रिया मुख्यसचिव वैरागीले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्दै आम जनतालाई केन्द्रमा राखेर काम गर्न सबैमा अनुरोध गरे ।

‘डिजिटल नेपाल’ अवधारणा लागू गर्ने गरी सूचना तथा प्रसारण विभागका सम्पूर्ण सेवा अनलाइनबाटै प्रदान गरिँदै आएको छ । सूचना तथा सञ्चार क्षेत्रको समग्र विकासका लागि नीतिगत, कानूनी र संरचनात्मक सुधारलाई सरकारले निरन्तरता दिएको छ ।

सोही अवसरमा अर्थमन्त्रालयका सचिव तोयम रायाले सूचना, सञ्चार प्रविधिको विकाससँगै जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । पन्धौँ आवधिक योजनाले ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई रूपान्तरणकारी आयोजनाका रूपमा लिएको छ ।

सो रूपान्तरणकारी आयोजना अन्तर्गत फ्रेमवर्कले यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र कृषि गरी विभिन्न आठ क्षेत्र र ८० वटा क्रियाकलाप तय गरेको थियो । ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ कार्यान्वयनको चरणमा रहेको छ ।

राजधानी दैनिकका सम्पादक सागर पण्डितले सुशासनको निम्ति सरकारले सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सूचना महामार्ग निर्माणकार्य भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: २०७९,माघ,२०,शुक्रवार २२:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अनरकाे एन्ट्री लेभल फोन सार्वजनिक भएको छ । नेपालमा अनर उत्पादनका लागि आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रा.लि.ले

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको

काठमाडौं । प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु भए पनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् । अनुमतिपत्रमा

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३