१५ चैत्र २०७९, बुधबार

आफूखुसी बजेट बनाउने कार्य गलत हो : मन्त्री पौडेल

२०७९,माघ,२०,शुक्रवार २१:५०

45
Shares

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन् ।

रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग आज साँझ भैरहवामा छलफल गर्दै उनले भने, ‘औचित्यताको आधारमा नबनाई आफूखुसी बजेट बनाउने र वर्षको बीचमा आएर बजेट रकमान्तरण गर्ने गलत परिपाटी रोक्न हामीले नीति नै बनाउदैछाैँ । अर्को वर्षदेखि बजेट रकामान्तर नै गर्न नपाउने गरी कार्यक्रम ल्याउछौँ ।’

उनका अनुसार संघ, प्रदेश, स्थानीय सरकार मात्रै नभई सरकारी कार्यालयले आवको मध्यमा आएर बजेट रकमान्तर गरेर नयाँ काम गर्ने पुरानो परम्परा रहँदै आएको छ । उनले योजना छरपस्ट बनाउने र कार्यान्वयन गर्ने बेला फितलो हुने प्रचलनलाई रोक्न बजेटको रकमान्तरणमा रोक लगाउन लागेको स्पष्ट गरे ।

अर्थमन्त्री पौडेलले सरकार खर्च कटौतीको विन्दुमा पुगेकाले अत्यावश्यक कामबाहेक अन्य खर्चमा जोड नदिन पनि आग्रह गरे । उनले भने, ‘हामी धेरै अफ्ठ्यारो अवस्थामा छौँ भन्ने बुझ्नुपर्दछ । राजस्व परिचालनको अवस्था गत वर्षको भन्दा १५/२० प्रतिशत कमजोर छ । यसैले खर्च कटौती गर्दै मितव्ययी हुन जरुरी छ ।’

पौडेलले अन्तर्राष्ट्रिय सहयोगका कार्यक्रम तथा योजना पूरा गर्नेतर्फ ध्यान नदिँँदा ती आयोजना पूरा नभएको, शर्त कार्यान्वयन नभएको उल्लेख गर्दै विदेशी दातृ निकायले दिने सहयोगमा पनि अफ्ठ्यारो भइरहेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय दातृ निकायले दिएको पैसा खर्च गर्नुस् न पहिले भन्छन् तर हामी त्यता ध्यान दिदैनौँ, गरिएका शर्त पालना गर्दैनौँ अनि कहाँबाट सहयोग आउँछ ।’

मन्त्री पौडेलले बजेट बनाउँदा औचित्य र आवश्यकताका आधारमा बनाउन पनि कार्यालय प्रमुखहरूलाई आग्रह गरे । उनले संघीय सरकारले संघीय महत्वको, प्रदेशले प्रादेशिक महत्त्वको र पालिकाले स्थानीय महत्त्वको योजनामा ध्यान दिनुपर्ने बताए ।

विमानस्थलको समस्या समाधान हुन्छ

अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विषयलाई केही व्यक्तिले गलत ढंगले प्रचार गरिरहेको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरे । उनले भने, ‘गौतमबुद्ध विमानस्थललाई सेतो हात्ती हो, यसले केही प्रतिफल दिँदैन भनेर मानक स्थापित गर्न खोजिएको छ ।

त्यो गलत हो ।’ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विगतमा समस्या आउँदा पनि समाधान गरिएको र वर्तमान अवस्थामा देखिएका समस्या पनि समाधान गरिने उनले बताए । ‘आज नै विमानस्थलको अवस्थाको बारेमा स्थलगतरूपमै बुझेका छौँ । केही समस्या छन् ती समाधान हुन्छ’, पौडेलले भने ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा गत पुस ६ गते यता अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । गत वर्षको जेठ २ गते जजिरा एअरलाइन्सले भैरहवाबाट सिधा कतार उडान गरेको थियो । त्यसपछि जजिराको नियमित उडान थियो । जजिराको उडानपछि धेरै अन्तर्राष्ट्रिय एअरलाइन्सले भैरहवाबाट उडान गर्नेगरी तयारी थालेको भए पनि खास गरिकन विमानस्थलको इन्स्ट्रुमेन्ट ल्याण्ड सिस्टम (आईएलएस) को सम्बन्धमा भारतले लिखित सहमति नदिँदा समस्या सिर्जना भएको हो ।

यसैबीच अर्थमन्त्री पौडेलले बेलहियामा निर्माण हुने नेपाल–भारत एकीकृत चेकपोस्ट (आइसीपी) को काम तत्काल अगाडि बढाउन पनि भन्सार प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘भारतीय राजदूतलाई पनि मैले भेट्दा यहाँको आइसीपीको बारेमा छिट्टै काम अगाडि बढाउन भनेको छु । यो शिलान्यास गर्ने मिति तोकेर मलाई खबर गरौँ, धेरै ढिला नगरौँ ।’

प्रकाशित मिति: २०७९,माघ,२०,शुक्रवार २१:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३