१५ चैत्र २०७९, बुधबार

दशौँ महाधिवेशनको स्मारिका प्रकाशन गर्दै एमाले

२०७९,माघ,२०,शुक्रवार २१:२१

18
Shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मंसिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहमा सम्पन्न भएको थियो । महाधिवेशनका दूरगामी प्रभाव, सो पार्टीका जीवन र राष्ट्रिय राजनीतिमा लामो समयसम्म अनुभूत भइरहने निचोेड महाधिवेशनको मूल व्यवस्थापन समितिले निकालेको छ ।

विभागका सचिव गगन विष्टले स्मारिका प्रकाशनको बाँकी कामलाई सम्पन्न गर्ने, मुखपत्र ‘नवयुग’ पत्रिकालाई नयाँ तालिकाबमोजिम प्रकाशनको तयारी गर्ने र प्रचार भेला गर्ने तयारी भएको बताए । उहाँले पत्रिकालाई सैद्धान्तिक पत्रिकाका रूपमा चौमासिकरूपमा प्रकाशन गरिने जनाए ।

प्रकाशित मिति: २०७९,माघ,२०,शुक्रवार २१:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३