१५ चैत्र २०७९, बुधबार

नेविसंघमा कांग्रेस इतर समूहको समानान्तर गतिविधि, स्ववियु लक्षित १३ समितिको संयोजक तोकियो

२०७९,माघ,२०,शुक्रवार १८:१५

171
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका विद्यार्थीहरुले भातृ संगठनमा समानान्तर गतिविधि शुरु गरेको छन् ।

उक्त समूहले नेपाल विद्यार्थी संघ (नेविसंघ) मा अध्यक्ष दुजाङ शेर्पाले गरेको निर्णयका विरुद्ध समानान्तर गतिविधि शुरु गरेको हो ।

शुक्रबार बसेको उक्त समूहको भेलाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लक्षित विभिन्न १३ समितिमा संयोजक तोकेको छ ।

आज काठमाडौंको ल क्याम्पसमा बसेको भेलाले स्ववियु निर्वाचनको घोषणापत्र समितिको संयोजकमका धर्मराज शाहीलाई चयन गरेको छ । त्यस्तै स्ववियु परिचालनको संयोजकमा सुवास पौडेल र स्ववियु प्रचार प्रसार समितिको संयोजक भुवन भट्ट चयन गरेको छ ।

त्यसैगरी स्ववियु समन्वय समितिको संयोजकमा विक्रम आदित्य सिंह, स्ववियु जिल्ला समन्वय समिति संयोजकमा राजकुमार बस्नेत, सुझाव संकलन समिति संयोजकमा शुसान्त आचार्य, उपत्यका क्याम्पस ईकाइ समन्वय समिति संयोजकमा नवीन केडी, युवा विद्यार्थी परिचालन समिति संयोजकमा जयराम वडाल गरेको छ ।

त्यस्तै स्ववियु निर्वाचन प्रशिक्षण संयोजकमा तारा वहादुर थापा, अन्तर प्रदेश समन्वय समितिको संयोजकमा तपेन खड्कार नेविसंघ सम्पर्क समिति परिचालन संयोजकमा तिर्थ मिश्रलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै अन्तर विश्वविद्यालय समन्वय समिति संयोजक मुना कंडेल, प्राविधिक विद्यार्थी समन्वय समिति संयोजकमा सुजन सापकोटालाई चयन भएका छन् ।

साथै भेलाले संयोजकलाई आवश्यक्ता अनुसार समिति गठन गर्ने अधिकार समेत दिएको छ ।

आगामी चैत ५ गतेका लागि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति तोकेको छ । स्ववियु निर्वाचनको तयारीमा लागेको नेविसंघका अध्यक्ष शेर्पाले स्ववियु निर्वाचन तयारीका घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचार प्रसार समितिको संयोजकमा डा. सन्तोष उपाध्यायलाई मनोनित गरेका थिए ।

त्यसमा असन्तुष्टि जनाउँदै इतर समूहको नेविसंघले पनि विभिन्न समिति संयोजक तोकेको हो ।

प्रकाशित मिति: २०७९,माघ,२०,शुक्रवार १८:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ । आज बसेको गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारमा भागबण्डा नमिलेपछि त्यसलगत्तै एसको

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार पूर्वमन्त्री समेत रहेका कुशवाहलाई जनमतका

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२