काठमाडौं । संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने मालपोत कार्यालय पर्साका कार्यालय प्रमुखसहित ६ जना कर्मचारीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारले हालका समेत कार्यालय प्रमुख रहेका कमोद तिवारी,तत्कालीन नायवसुब्बा शम्भु साह रौनियार तत्कालीन खरिदार शिवप्रकाश साह तेली, तत्कालीन खरिदार रिन्ता कुमारीसहित चारजनाविरुद्ध भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले वीरगञ्ज महानगरपालिकाका शेष सफि अहमद र शेख साजिद एकबालसमेतको मिलेमतोमा युवा स्पोट्र्स क्लबको जग्गा शेष सफि अहमदको नाममा दर्ता गरेको उजुरीका आधारमा उनीहरुमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।