‘ए’ डिभिजन लिग : ५० प्रतिशत तयारी पूरा

लोकपथ
104
Shares

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको ५० प्रतिशत तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको ५० प्रतिशत तयारी पूरा भएको जनाकारी दिएको हो ।

क्लबलाई तयारी खर्चको पहिलो किस्ता १५ लाख दिइएको एन्फाले जनाएको छ । एन्फाले लिगको तयारीका लागि ‘ए’ डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ ।

‘ए’ डिभिजनको लिग फागुन १९ गतेबाट शुरु हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।

May be an image of 3 people and people standing

लिगमा प्रथम हुने टिमले नगद रु ७५ लाख, द्वितीय हुनेले रु ५० लाख र तृतीय हुनेले रु २५ लाख पुरस्कार स्वरुप पाउने छन् । लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप रु तीन लाख पुरस्कार उपलब्ध गराइने छ । प्रतियोगितको सवोत्कृट खेलाडीलाई रु तीन लाख पुरस्कार उपलब्ध गराइने छ ।

त्यस्तै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान रु दुइ(दुइ लाख पुरस्कार उपलब्ध गराइने छ । लिगको एक उदयमान खेलाडीलाई इमेजिङ्ग प्लेयर घोषणा गरेर नगद रु एक लाख पचास हजार दिइने छ ।

हरेक खेलको विजेता टोलीलाई थप नगद रु ५०,००० पुरस्कार दिइने छ । खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान रु २५,००० दिइने छ । हरेका खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप रु १०,००० दिइने छ ।
शहिरु स्मारक ए डिभिजन लिगको अनुमानित लागत करिब रु १२ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?