१५ चैत्र २०७९, बुधबार

सवारी दुर्घटनामा पाकिस्तानमा १८ जनाको मृत्यु

२०७९,माघ,२०,शुक्रवार १६:३०

36
Shares

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको यहाँको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खैबर पाक्थुन्क्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत इन्डस राजमार्गमा एक आपासमा दुई ओटा सवारी साधन ठोक्किन पुगेका थिए । सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको बताइएको छ । विपरीत तर्फबाट आएको एक सवारीले सो जिपलाई ठक्कर दिएको थियो ।

सो प्रान्तका सडकहरुमा सडक दुर्घटना बढी मात्रामा हुने गर्दछ । यहाँका सडकको अवस्था एवं सवारी चालकहरुको बेप्रवाहका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ ।

प्रकाशित मिति: २०७९,माघ,२०,शुक्रवार १६:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मेक्सिको । मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर

काठमाडौं । आगरा क्यान्ट स्टेसनबाट १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको वन्दे भारत एक्सप्रेस रेल गाईसँग ठोक्किएको छ । जसका कारण

काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिनले चीनको चुनौतीलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०२४ को बजेटमा रक्षा खर्च बढाइएको बताएका

प्रजातिको जङ्गली सङ्ख्यालाई बढाउँने उद्देश्यले कृत्रिम नस्लका करिब २३ हजार चिनियाँ स्टर्जनहरूलाई मङ्गलबार याङ्त्जे नदीमा छाडिएको छ । चिनियाँ वन्यजन्तु

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२