माधव नेपाल र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

लोकपथ
238
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न नेता श्रेष्ठ पार्टी कार्यालय आलोकनगर पुगेका हुन् । भेटमा एकीकृत समाजवादीका वार्ता टोली सदस्यहरु समेत रहेका छन् ।

यसअघि बिहीबार समाजवादीका नेता डा. विजय पौडेल माओवादी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । दुवै भेट पार्टी एकता र सरकारसँग सम्बन्धित रहेको नेताहरुले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?