आयोगले भन्यो, ‘अर्कोको पार्टी खारेजीको माग गर्ने अधिकार कसैलाई छैन’

लोकपथ
49
Shares
sf7df8f}F @& c;f]hM lgjf{rg cfrf/;+lxtf cg’udg ;ldltsf] a}7s tyf 5nkmn sfo{qmd cfufdL dªl;/ $ ut] x’g] k|ltlglw;ef / k|b]z;ef ;b:osf] lgjf{rgsf nflu laxLaf/ lgjf{rg cfof]udf a;]sf] lgjf{rg cfrf/;+lxtf cg’udg ;ldltsf] a}7s tyf 5nkmn sfo{qmddf wf/0ff /fVg’x’Fb} k|d’v lgjf{rg cfo’Qm lbg]zs’df/ yklnof . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि व्यक्तिले अन्य दलको उम्मेदवारी खारेजीको माग गर्न नपाउने बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीहरुसँग गत निर्वाचनको विषयमा कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

उनले निर्वाचन आयोगलाई कुनैपनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नहुने र आयोगले पनि कुनै पार्टी खारेज गर्नसक्ने अधिकार नराख्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंगित गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले उम्मेदवारी दिँदा नै नेपाली नागरिक हो होइन र नागरिकता अनुसार उमेरले उम्मेदवार बन्न योग्य भएको छ वा छैन भन्नेबारेमा मात्रै हेर्ने अधिकार रहेको बताए । उनले उम्मेदवार दिँदा पनि उम्मेदवारलाई म नेपाली नागरिक हुँ, मैले पेस गरेका सबै डकुमेण्ट ठिक छन् भनेर स्वघोषणा र दस्तखत गराउने गरेको बताए ।

उनले भने, ‘प्रतिनिधिले उम्मेदवारी दिइसकेपछि हामीले एउटा स्वघोषणा गराउँछौँ र आफैँलाई दस्तखत गराउँछौँ । त्यो कानूनमा पनि व्यवस्था छ । हामीले त्यसमा म नेपाली नागरिक हो, मैले पेस गरेका सबै डकुमेण्ट ठिक छन्, म कुनैपनि कानूनले उम्मेदवार हुन योग्य छु भन्ने लगायका धेरै विषयमा दस्तखत गराउँछौँ । देश हाँक्न आउने व्यक्ति गलत नागरिकतालाई सही हो भनेर आउँदैन भन्ने आयोगको विश्वास हो । प्रश्न उठेपनि त्यसको छिनोफानोका लागि सम्बन्धित निकायलाई सोध्ने हो । स्थानीइ, प्रदेश र प्रतिनिधि सभा गरेर करिव १ लाख ६० हजार उम्मेदवार भए, उनीहरुका सबै कागजात ठिक छन् भनेर नै हामीले उम्मेवारी सदर गरेको हो । आयोगले उ नेपाली नागरिक हो वा होइन र नागरिकतामा भएको उमेरले उम्मेदवार बन्न योग्य छ कि छैन ? यत्ति हेर्ने हो । कुनै राजनीतिक दलको दर्ता खारेजी गर्ने विषय छ, यसलाई कानूनबमोजिम टुंग्याउनु पर्छ । राजनीतिक दल दर्तासम्बन्धी कानून अध्ययन गर्दा हुन्छ, यी व्यवस्थाले कुनैपनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिँदैन, यदी त्यो हुने हो भने क ले खारेज गरेर ख भन्ने पार्टी खारेज गर्न निवेदन दिए हुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?