कांग्रेसले अन्य दलसँग छलफल गर्दै

लोकपथ
156
Shares

काठमाडौं । नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गर्ने भएको छ ।

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि कांग्रेसले बैठक बोलाएको हो ।

सो विषयमा कांग्रेसले एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठक बोलाएको हो ।

बिहीबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्ष र लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि अन्य दलहरुसँग समेत छलफल गर्ने निर्णय गरेको थियो । आगामी माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि माघ २२ गते मनोनयनको मिति तोकिएको छ । जसअनुसार कांग्रेसले उम्मेद्वार टुंगाउने र सहयोग माग्न लागेको हो ।

त्यस्तै माघ २५ गते हुने लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन लागेको हो । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबीच प्रतिष्पर्धा हुँदैछ ।

विपक्षी मोर्चासँग कांग्रेसको बैठक शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?