१७ मङ्सिर २०७९, शनिवार

व्यापक सहभागितामा मनोनयन दर्ता – निर्वाचन आयोग

२०७४,कार्तिक,५,आईतवार १५:०२

0
Shares

काठमाडौँ, ५ कात्तिक – निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ ।निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवारबीच पारस्परिक सहयोग र हार्दिकताका साथ उम्मेदवारी दर्ता भएको बताउनुभयो ।नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न संसद् गठनका लागि भएको निर्वाचन आफँैमा पनि ऐतिहासिक रहेको बताउँदै उहाँले आजको उम्मेदवारी मनोनयन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण भएको उल्लेख गर्नुभयो ।निर्वाचन आयोगमा प्राप्त प्रारम्भिक सूचनाअनुसार ४५० भन्दाबढी मनोनयन दर्ता भएको सो अवसरमा जानकारी दिइयो ।प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था गरिएको थियो ।उम्मेदवारी दर्ता गर्न आज ५ः०० बजेभित्र सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आउनुभएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्नुहुनेछ ।आजको उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी २०७४ कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार १५:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवी लामिछानेलाई सञ्चारकर्मी प्रेम बानियाले सुझाव दिएका छन् । हालै सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीवार भएको भेवार्ताका विषयमा एमाले नेता डाक्टर

गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन् । शुक्रवार

ताजा समाचार

उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२
समूह चरणको अन्तिम खेलमा पोर्चुगल पराजित
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:५६
पेट्रोलियम पदार्थको मूल्य घटेन
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:३२
पूर्व सहकर्मी रवीलाई प्रेम बानियाको सुझाव
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:२५
भीम रावललाई बालेनले बनाए हायलकायल
 २०७९,मङ्सिर,१६,शुक्रवार २१:०७