सांसदहरूलाई अभिमुखीकरण तालिम आज पनि

लोकपथ
13
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुलाई आज पनि अभिमुखीकरण तालिम दिइँदैछ । बिहीबारबाट संसद भवनमा नवनिर्वाचित सांसदहरुलाई समिति र संसदमा उपस्थिति हुन आवश्यक मान मर्यादाका बारेमा जानकारी दिने हेतुले शुरु भएको दुई दिने अभिमुखीकरणले आज पनि निरन्तरता पाएको हो ।

नयाँ सांसदहरुले पुराना सांसदहरुबाट अनुभव लिने कार्यक्रम आयोजना गरिएको हो । आज हुने बैठकमा दोस्रो सत्रको बैठकमा पूर्वअर्थमन्त्री युवराज खतिवडा, नेपाल कानून आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

संसद् सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई सांसदबारे जानकारी गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?