१२ मङ्सिर २०७९, सोमवार

थाइल्यान्डमा नेपाली तेक्वान्दोलाई ९ स्वर्ण

२०७४,कार्तिक,५,आईतवार १४:२१

0
Shares

काठमाडौं , ५ कात्तिक – थाइल्यान्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टिमले ६ स्वर्ण,६रजत र ९ कांस्यगरी कुल २१ पदक जितेको छ ।थाइल्यान्डको बैकंकमा सम्पन्न च्याम्पियनसिपमा नेपालले फाइट र पुम्सेमा समान ३–३ स्वर्ण गरि कुल ६ स्वर्ण हात पारेको थियो । फाइटतर्फ अजित गुप्ता तेली,रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण जितेका थिए । फाइनलमा अजितले पुरुष ४६ केजीमा चिन,रेखमायाले महिला ६७ केजीमूनिमा इन्डोनेसिया र पार्वतीले महिला ५३ केजीमूनिमा श्रीलंकालाई हराउँदै स्वर्ण जितेको चितवन तेक्वान्दो कार्यसमितीका उपाध्यक्ष एवम् टिमका प्रशिक्षक रोशन खानले बताए ।पुम्सेतर्फ नरमाया गुरुङ,जस्मीन गुरुङ र सन्ध्या थापाले स्वर्ण जितेको नेपाली टिमकै प्रशिक्षक प्रकासमान राजभण्डारीले जानकारी दिए । फाइनलमा नरमायाले १४ वर्षमूनिमा भारत,जस्मीनले १४ वर्षमाथिमा चिन र सन्ध्याले ४६ केजीमुनिमा ओमानलाई स्तब्ध पारेका थिए ।फाइटमै मनकुमारी गुरुङ र मेलिना गुरुङ तथा पुम्सेमा दीपीसा गुरुङ,डेबिड थापाकलाअजित गुप्तातेली र पार्वती गुरुङले रजत पदक हात पारे ।त्यस्तै फाइटमा अर्यान पौडेल,सागर बराल,ललित बुढामगर,दीपम थकाली,प्रवेश पण्डित र पुम्सेमा आर्यन पौडेल,सुलभ सिम्खडा,दीपम थकाली र रिेखमाया गुरुङले कांस्य पदक जितेको टिम म्यानेजर मिरा थापाले बताइन् ।नेपाली टिमको प्रशिक्षकमा राशन खान,प्रकाशमान राजभण्डारी र राजकुमार पाण्डे तथा टिम म्यानेजरमा मिरा थापा छन् । च्याम्पियनसिपमा दक्षिणकोरिया,चिन,इन्डोनेसिया,म्यानमार,भारत पाकिस्तान र मलेसियालगायत देशको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार १४:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र

काठमाडौं । किलेन एम्बाप्पेको दुई गोलमा डेनमार्कविरुद्ध फ्रान्सले जित हात पारेको छ । खेलको ६१ औं मिनेटमा पहिलो र ८६

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा

ताजा समाचार

धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१
इलाम–१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित
 २०७९,मङ्सिर,११,आईतवार २०:४२