निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक : अध्यक्ष ओली

लोकपथ
14
Shares
df]/ª, !( df3 . g]skf Pdfn]sf cWoIf Pj+ k”j{ k|wfgdGqL s]kL zdf{ cf]nL …l;PgcfO{ sf]zL PS:kf]–@)&(Úsf] laxLaf/ lj/f6gu/–@ zªs/k’/df pb3f6g ;df/f]xdf dGtJo JoSQ ub}{ . tl:a/ M dgf]h bfxfn÷/f;;

मोरङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन गर्ने दस्तावेज भए पनि शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पारे । अध्यक्ष ओलीले नेकपा एमालेको राष्ट्रपति पदमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान सत्ता समीकरणको उम्मेदवार भएको स्पष्ट पारे ।

सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री पाउनुपर्ने तर, त्यो पार्टीले कसलाई बनाउने उसको जिम्मेवारी रहेको भन्दै उनले यस विषयमा कुनै छलफल नभएको र सरकारबीच असमझदारी समेत नरहेको स्पष्टपारे । पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा लोकतन्त्रकाविरुद्ध षडयन्त्र भैरहेकोले त्यसप्रति नेपाली जनता सजग र सचेत हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?