नेपाल प्रहरीका ९५ एसपीको सरूवा (सूचीसहित)

लोकपथ
13
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ । बिहीबार दुई वटा सरूवा सूची सार्वजनिक गर्दै ९५ जना एसपीको सरूवा गरेको हो ।

पहिलो सूचीअनुसार ४२ जना एसपीको सरूवा गरेको छ । अर्को सूचीमा ५३ जनाको सरूवा गरेको उल्लेख छ । यसअघि काजको रूपमा खटाएकाहरूलाई पनि सरूवा सूचीमा समावेश गरिएको छ ।

माघ महिनादेखिको तलब, भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको हो । बिहीबार निकालिएको सरुवापछि कमल थापा कन्चनपुर, अनुपम श्रेष्ठ गोरखा, अवदेश विष्ट तनहुँ, कृष्ण कोइराला धनकुटा, गौतम मिश्र धादिङ, टेकनन्द इवा लिम्बू सिरहा सरूवा गरिएको छ ।

त्यस्तै, नवीनकिशोर प्रधान गुल्मी, नरेन्द्रकुमार कार्की सप्तरी, प्रकाश मल्ल महोत्तरी, विनोद सिलवाल पश्चिम नवलपरासी, भरतबहादुर विक रुपन्देही, भाग्येन्द्रपुरुष ढकाल काभ्रे, योगेन्द्रकुमार खड्का बाग्लुङ, सञ्जयबहादुर राउत स्याङ्जा र सुधीरराज शाही बर्दिया प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?