बाँकेमा पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदै

लोकपथ
70
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई पक्राउ काठमाडौंबाट फेरि धनगढी लगिँदैछ । अदालतको फैसला कार्यान्वयनका लागि बाँकेमा पक्राउ परेका उनलाई श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको थियो ।

आजै उनलाई धनगढी पु¥याउन लागिएको हो । कैलाली–२ का सांसद अरुणकुमार चौधरीलाई १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएको थियो । कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो ।

ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । ट्याक्टरमा आगजनी गरेको मुद्दामा ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

फैसला भएको एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि अर्का अभियुक्त अरुण भएको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?