मेरो मन कहिल्यै बुढो हुँदैन : राजेश हमाल

लोकपथ
65
Shares

काठमाडौं । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो ।

१० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए । उनले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताए ।

उनले आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत भने प्रकाश सुवेदीप्रति प्रेरित भएर रचना गरेको बताए । सो अवसरमा उनले आफ्नो गीत आएर सुनाएका थिए । उनले कलाकार जितु नेपालको चलचित्र ह्यारी की प्यारी अहिले आइरहेको र चलचित्रमा नेपाल हिरोको रोलमा रहेको भन्दै अलि अघि हिरो बनेको भए आफू पत्तासाफ हुने भन्दै ठट्टा गरे ।

त्यस्तै कार्यक्रममा अभिनेता जितु नेपालले शुक्रवारबाट चलचित्र ह्यारी की प्यारी हलहरुमा प्रदर्शन हुने भन्दै चलचत्रिमा आफू र अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहको प्रेम कहानीको उत्तारचढाव रहेकाले सबेले हेरेर साथ दिन आग्रह गरे ।

गीतमा स्वर यश कुमार र मेचु धिमालको रहेको छ भने गीतको भिडियोमा रेस्मा घिमिरे, यश कुमार, राजेश घतनी लगायतका कलाकाको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?