जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

लोकपथ
259
Shares

जुम्ला । जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडी ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द चन्दले लोकपथलाई जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यालय अगाडी आत्मदाहको प्रयास गर्नुभएको रहेछ । उनलाई प्रहरीले उद्दार गरी अस्पताल लगेको छ । कार्कीको हाल अवस्था सामान्य नै रहेको छ ।’ डीएसपी चन्दले भने ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?