रास्वपा संसदीय दलको बैठक बस्दै, सरकारबाट बाहिरिने संकेत

लोकपथ
7
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति बैठकपछि संसदीय दलको बैठक पनि बस्ने भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको र सो बैठक सकिएसँगै संसदीय दलको बैठक बस्ने तय भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

बैठकमा सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्नेबारे निर्णय हुने बताइएको छ । रास्वपाले रवि लामिछानेको नागरिकता जिल्ला प्रशासनबाट पुनः कायम भइसकेपछि उनलाई गृह मन्त्रालयमा फर्काइनु पर्ने माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयमा फर्काउन आनाकानी गरेसँगै रास्वपा चिढिएको छ ।

रास्वपाले गृह मन्त्रालयका लागि निरन्तर लबिङ गर्दै आएपनि सकारात्मक नतिजा नआएसँगै केन्द्रीय समिति बोलाएर आवश्यक निर्णय गर्न लागेको हो । आजको बैठकमा रास्वापाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने संकेत देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?