दुई अर्ब २६ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्न राष्ट्र बैंकको प्रस्ताव

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैकले दुई अर्ब २६ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले बिहीबार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुद्धती निक्षेपकोरुपमा २०७९ फागुन चार गतेदेखि २०८० फागुन पाँच गतेसम्म लगानी गर्नको लागि बैंक तथा फाईनान्स कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।

राष्ट्र बैंकका अनुसार यसरी राखिने कुल निक्षेप रकम मध्येमा वाणिज्य बैकहरुको लागि एक अर्ब ८० करोड ८० लाख, विकास बैंकहरुको लागि ३३ करोड ९० लाख र फाईनान्स कम्पनीहरुको लागि ११ करोड ३० लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहने इच्छुक बैंक तथा फाईनान्स कम्पनीहरुले यही माघ २२ गतेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

राष्ट्र बैंकका अनुुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका न्युनतम शर्तहरु तोकिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?