काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउने बताएका छन् ।
विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने उनले बताए ।
आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले बताए । रास्वपाले गृहमन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया