१३ मङ्सिर २०८०, बुधबार

थाइल्यान्डमा नेपाली तेक्वान्दोलाई ९ स्वर्ण

२०७४,कार्तिक,५,आईतवार १४:२१

9
Shares

काठमाडौं , ५ कात्तिक – थाइल्यान्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टिमले ६ स्वर्ण,६रजत र ९ कांस्यगरी कुल २१ पदक जितेको छ ।थाइल्यान्डको बैकंकमा सम्पन्न च्याम्पियनसिपमा नेपालले फाइट र पुम्सेमा समान ३–३ स्वर्ण गरि कुल ६ स्वर्ण हात पारेको थियो । फाइटतर्फ अजित गुप्ता तेली,रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण जितेका थिए । फाइनलमा अजितले पुरुष ४६ केजीमा चिन,रेखमायाले महिला ६७ केजीमूनिमा इन्डोनेसिया र पार्वतीले महिला ५३ केजीमूनिमा श्रीलंकालाई हराउँदै स्वर्ण जितेको चितवन तेक्वान्दो कार्यसमितीका उपाध्यक्ष एवम् टिमका प्रशिक्षक रोशन खानले बताए ।पुम्सेतर्फ नरमाया गुरुङ,जस्मीन गुरुङ र सन्ध्या थापाले स्वर्ण जितेको नेपाली टिमकै प्रशिक्षक प्रकासमान राजभण्डारीले जानकारी दिए । फाइनलमा नरमायाले १४ वर्षमूनिमा भारत,जस्मीनले १४ वर्षमाथिमा चिन र सन्ध्याले ४६ केजीमुनिमा ओमानलाई स्तब्ध पारेका थिए ।फाइटमै मनकुमारी गुरुङ र मेलिना गुरुङ तथा पुम्सेमा दीपीसा गुरुङ,डेबिड थापाकलाअजित गुप्तातेली र पार्वती गुरुङले रजत पदक हात पारे ।त्यस्तै फाइटमा अर्यान पौडेल,सागर बराल,ललित बुढामगर,दीपम थकाली,प्रवेश पण्डित र पुम्सेमा आर्यन पौडेल,सुलभ सिम्खडा,दीपम थकाली र रिेखमाया गुरुङले कांस्य पदक जितेको टिम म्यानेजर मिरा थापाले बताइन् ।नेपाली टिमको प्रशिक्षकमा राशन खान,प्रकाशमान राजभण्डारी र राजकुमार पाण्डे तथा टिम म्यानेजरमा मिरा थापा छन् । च्याम्पियनसिपमा दक्षिणकोरिया,चिन,इन्डोनेसिया,म्यानमार,भारत पाकिस्तान र मलेसियालगायत देशको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार १४:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतविरुद्धको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ । मंगलबार राति भारतको गुवाहाटीमा टस हारेर पहिले

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले राखेपको कार्यशैली प्रति प्रश्न उठाएको छ । नेपाली कांग्रेसको केन्द्रीय

काठमाडौं । अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गॉड्स’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ इलामले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा झापा एफसीमाथि

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८