कुटपिट गरी आफ्नै बाबुको हत्या गर्ने पक्राउ

लोकपथ
42
Shares

सिरहा । आफ्नै बुवा ४३ वर्षीय रामबाबु सहनीको कुटपिट गरी हत्या गरेको अभियोगमा कल्याणपुर नगरपालिका-११ मलहाटोल बस्ने २२ वर्षीय राकेश सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

राकेशले आपसी झै-झगडामा कुटपिट गर्दा रामबाबु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका रामबाबुको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?