काठमाडौं । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालि. ले विगतका वर्षहरुझैं गर्न लागेको प्रर्दशनी माघ २७, २८ र २९ गते चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुन लागेको हो ।
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने बताइएको छ ।
प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको जनाइएको छ ।

प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिन गरिनेछ । त्यसका साथै नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु-याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास लिएको आयोजकले जनाएको छ ।
उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा बताइन्छ ।
पाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी संगै नेपाल फुड एंड बेभेरेज एक्स्पो पनि आयोजना हुन गैरहेको छ । यस फुड एंड बेभेरेज एक्स्पो अन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिंग लगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश रहने छन् ।

समस्त कृषि तथा पशुपन्छी क्षेत्रको विकास र समृद्धिको लागि हुन गैरहेको यस प्रदर्शनीमा देश भरि बाट आउनु हुने कृषकहरुलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया