कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दिने

लोकपथ
130
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दल कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।

आगामी माघ २३ गते हुन लागेको राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि अन्य दलहरुसँग समेत छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

त्यसैगरी आजको बैठकले आगामी माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय समेत गरेको छ ।

त्यस्तै राष्ट्रपतिमा समेत राष्ट्रिय सहमति खोजिने प्रधानमन्त्रीको भनाइमा विश्वस्त रहेकाले तयारी थालिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?