जिल्ला प्रशासन कार्यालयबाट एकजना विचौलिया पक्राउ

लोकपथ
26
Shares

जनकपुरधाम । धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक जना विचौलियालाई पक्राउ गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगरका ६० बर्षीय रामनारायण साहलाई पक्राउ गरेको हो ।

सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पु¥याई उनीहरुसँग बार्गेनिंग गरी छिटोछरितो काम गरिदिने भनी आश्वासन दिएर ठगेको पाइएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

पक्राउ गरिएका साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?